दफा १०
परिषद्को बैठक र निर्णय
(१) परिषद्को बैठक साधारणतया तीन महिनामा एकपटक बस्नेछ र अध्यक्षले आवश्यक देखेमा सोभन्दा बढी पटक पनि बैठक बोलाउन सक्नेछ ।
(२) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिनेछ ।
(६) परिषद्को बैठकमा छलफल भएको विषय र सो सम्बन्धमा भएको निर्णय सचिवले निर्णय पुस्तिकामा अभिलेख गरी बैठकमा उपस्थित सदस्यहरुको दस्तखत गराउनु पर्नेछ ।
(७) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।